सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ३ नम्बर वडा कार्यालयमा केही दिन अगाडी देखि भैरहेको घटनाक्रम प्रति चार दलले ध्यानाकर्षण जनाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रेस विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण जनाइएको हो ।
निर्वाचित जनप्रतिनिधिबाट प्राप्त उपलब्धिको प्रभावकारी कार्यन्वयन गर्नुको साटो दम्भ, अहमता र अहंकारले लोकतन्त्रमाथि नै प्रश्न उब्जिरहेको उनिहरुको भनाई छ ।
वडा कार्यालयबाट दिईने सेवा सुविधा अन्यत्र सारेर कार्यालयमा ताला लगाएको विषयप्रति गम्भिर ध्यानकर्षण भएको जनाइएको छ ।
जिम्मेवार जनप्रतिनिधिले घटनाको समस्या समाधान गर्नुको साटो उक्त घटनालाई अतिरञ्जित गराई समस्यालाई जटिल गराउदै गएको वडाअध्यक्ष विनोदसिंह विष्ट र नगरप्रमुख मोहनमाया ढकालप्रति आरोप लगाइएको छ ।
उक्त घटनामा महिलामाथिको दुव्र्यवहार गरेको मुद्दा हाल जिल्ला प्रहरी कार्यालय सुर्खेतमा रहेको हुँदा सो घटनाको विषयमा सत्य तथ्य छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याई वडा पालिकाको कार्यालयबाटै सुचारु गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्र्तगत तटबन्ध निर्माण सम्बन्धी वडाअध्यक्ष र स्थानीय महिलाबीच विवाद सिर्जना भएको थियो । त्यसपश्चात वडा कार्यालयको काम नगरपालिकाबाट भैरहेको छ भने वडा कार्यालयमा ताला लगाइएको छ ।