सुर्खेत । कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट निर्माण सम्बन्धी काठमाण्डौंमा सुझाव संकलन कार्यक्रम भएको छ । मुख्यमन्त्री राजकुमार शर्मा र आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह सुझाव संकलनका लागि काठमाडौं पुगेका हुन् । उनिहरुले शनिबार काठमाडौंस्थित सरोकारवालाहरुसँग सुझाव संकलन गरेका छन् ।
कर्णालीका पूर्व मन्त्रीहरु, कर्णालीबाट संघमा प्रतिनिधित्व गर्ने सांसदहरु, राष्ट्रिय योजना आयोगका सदस्यहरु, कर्णाली कार्यक्षेत्र बनाएर बसेको पूर्व सचिवहरु लगायत विभिन्न क्षेत्रका दिग्गज मानिएका व्यक्तिहरुको उपस्थितिमा सुझाव संकलन गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
कार्यक्रमका सहभागीहरुले कर्णालीको रैथाने उत्पादन र प्रयोग बढाउने र निर्यात गर्ने कुरामा जोड दिएका छन् ।
उनिहरुले कृषिमा दिने अनुदानलाई रोकर उत्पादन पछिको बजारीकरणका लागि बजेट केन्द्रीत हुनुपर्ने सुझाव दिए ।
साथै, टुक्रे योजनाभन्दा परिणाममुखी र जनताले अनुभूति गर्ने किसिमको नीति कार्यक्रम र बजेट निर्माण गनुपर्ने निश्कर्ष निकालेका छन् ।