सुर्खेत। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा २ बमोजिम आईतबार राती १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् ।
मन्त्रिपरिषदको आजै बसेको बैठकले संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गर्ने निर्णय गरी प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री राजकुमार शर्माले सिफारिस पत्र बुझाएका थिए ।