सुर्खेत। नेपाली कांग्रेसको प्रदेश कार्यसम्पादन समितिको बैठकले कर्णाली सरकारमा सहभागी हुने नीतिगत निर्णय गरेको छ।
आज पार्टी कार्यालय गणेशचोकमा बसेको बैठकले सो निर्णय गरेको हो।
सरकारमा तीन मन्त्री सहित सहभागी हुन काँग्रेस संसदीय दललाई निर्णय कार्यान्वयनका लागि पठाउने निर्णय भएको प्रवक्ता दमन शाहीले बताए।
सो निर्णय पछि अब मन्त्री कसलाई सिफारिस गर्ने भन्ने बारे संसदीय दलले निर्णय गर्नेछ। तर, त्यसका लागि पार्टीको विधान बमोजिम भौगोलिक क्षेत्र, पार्टीप्रतिको योगदान लगायतका विषयमा ध्यान दिएर मन्त्री छनोट गर्न बैठकले निर्देशन समेत गरेको छ।