सुर्खेत । नेपाली कांग्रेस संसदीय दलको नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश सभा सार्वभौमिक बन्न नसकेको बताएका छन् । शुक्रबार मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिने छलफलमा भाग लिंदै नेता शाहीले प्रदेश सभा सार्वभौमिक बन्न नसकेको टिप्पणी गरे ।
‘हामी अर्धसार्वभौमिक सदनमा हामी आफ्ना कुरा राखिरहेका छौं । हरेक कुरामा आफ्ना विचार, भावना व्यक्त गर्न सकिरहेका छैनौं ।’ शाहीले भने ।