सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशले सरकार निर्माणका लागि बैठक बोलाएको छ । त्यसका लागि पार्टीकाे प्रदेश कार्यसम्पादन समितिको आकस्मिक बैठक आह्वान गरिएको महामन्त्री निरञ्जन केसीले जनाए ।
बैठक शुक्रबार विहान ९ बजे प्रदेश पार्टी कार्यालयमा बोलाईएको छ ।
कर्णालीमा प्रतिपक्षको बेन्चमा रहेको कांग्रेसले सरकार निर्माण सम्बन्धी बैठक बोलाएको छ । केन्द्रीय राजनीतिक समिकरण बदलिएसँगै कर्णालीमा पनि कांग्रेस सरकारमा सहभागी हुने संकेत गरेको छ । तथापी, नेकपा एमालेले नेकपा माओवादी केन्द्रको साथ छोडेको छैन ।
शुक्रबारै मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाको विश्वासको लिने तयारी गरेका छन् । राप्रपाकाे सहमति फिर्तापछि विश्वासकाे मत लिन बाध्यकारी अवस्थामा रहेका शर्मालाई एमालेले विश्वासको मत दिने वा नदिने बारे धारणा सार्वजनिक गरिसकेको छैन ।