सुर्खेत । कर्णाली प्रदेश सरकारले राम नवमीका अवसरमा कर्णाली प्रदेशका दश ओटै जिल्लामा चैत १६ गते सार्वजनिक विदा दिने भएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेद्वारा जारी विज्ञप्तीमा गत वर्ष २०७८ चैत २९ गते बसेको मन्त्री परिषदको वैठकले गरेको निर्णय बमोजिम प्रदेश भर विदा हुने भएको हो ।