सुर्खेत । नेपाल राष्ट्रिय कर्मचारी संगठन (राकस) निजामती, सुर्खेतको नयाँ कार्यसमिति चयन गरिएको छ। शुक्रबार
वीरेन्द्रनगरमा सम्पन्न पाँचौं अधिवेशनले सर्वसहमतिले कार्यसमिति चयन गरेको हो।
कार्यसमितिको अध्यक्षमा रामभक्त अधिकारी चयन भएका छन । अधिकारीको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्य समिति चयन भएको निर्वाचन समितिका संयोजक शरनबहादुर बडुवालले बताए ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मीप्रसाद पाण्डे र दिनेश सापकोटा, सचिवमा तिलक चालिसे, कोषाध्क्षमा बिष्णु शर्मा र सहसचिवमा मनुरुप नेपाली चयन भएका छन्।
बडुवालका अनुसार कार्य समितिको सदस्यहरुमा विष्णु विसी, हरिभक्त बिश्वकर्मा, देव बहादुर गुरुङ्ग, इन्द्रप्रसाद पाण्डे, मनिषा विक, झरना थापा, खिमा खत्री पाण्डे निर्वाचित भएका छन ।
अधिवेशनवाट केन्द्रिय तथा प्रदेश महाधिवेशनका लागि प्रतिनिधिहरु पनि निर्वाचित गरेको छ । सुर्खेत जिल्लाबाट केन्द्रिय प्रतिनिधिमा मुकुन्दनाथ योगी, चन्द्रा तिवारी र किशोर शर्मा चयन भएका छन ।
यस्तै प्रदेश प्रतिनिधिहरुमा लोकसिंह भण्डारी, हरिशर्मा धिताल, उमेशजंग वुढा, प्रयोग वहादुर शाही र रमेश खड्का चयन भएका छन्।
राकस कर्णाली प्रदेशको प्रदेश अधिवेशन आगामी चैत्र ११ गते सुर्खेतको वीरेन्द्रनगरमा र केन्द्रीय महाधिवेशन आगामी चैत्र १७ र १८ काडमाण्डौ हुदैछ।