सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञानकेन्द्र हुम्लाका तत्कालीन प्रमुख सहित ६ जनाले भ्रष्टाचार गरेको ठह¥याएको छ । सृजनशील कृषि सहकारी संस्थालाई दिएको अनुदानमा रकम दुरुपयोग भएको ठहर गरेको हो ।
उनिहरुले गैर कानुनी लाभ हानि पुर्याई भ्रष्टाचार गरेको आरोपमा सोमबार विशेष अदालतमा मुद्धा दायर गरेको अख्तियारले जनाएको छ ।
आर्थिक वर्ष २०७५/०७६ को सहकारी नमुना गाउँ स्थापना तथा संञ्चालन कार्यक्रम अन्र्तगत उमान्दे खोलादेखि बल्देकाँध सिचाइ कुलो निर्माण र सहकारी नमुना गाँउको जग्गा घेरबार कार्यमा अनियमितता भएको हो ।
उनिहरुले वास्तविक भन्दा बढी काम भएको भनी झुट्टा बिल भरपाई, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन बनाई ११ लाख २६ हजार पाँच सय २८ रुपैँया भुक्तानी लिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाए ।
तत्कालिन सब ईन्जिनियर दिलबहादुर बोहोरा सहकारीका अध्यक्ष प्रयागलाल बुढा, सचिव नन्दबहादुर रोकाय, कोषाध्यक्ष रामसीला रोकाय र सदस्य प्रेमबहादुर बुढालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १८ र ३५ तथा भ्रष्टचार निवारण ऐन २०५९को दफा ३६ बमोजिम विशेष अदालतमा मुद्धा दायर भएको हो ।