सुर्खेत । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले फोटो टाँस्न र समय बिताउनमात्रै खोजिएको हो भने अन्यथा कर्णाली विकास हुन नसक्ने बताएका छन् । मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिने सैद्धान्तिक छलफलमा बोल्दै नेता कँडेलले मुख्यमन्त्रीको फोटो टाँस्न र समय बिताउन मात्रै सहज भएपनि विकास गर्न कठिनाई हुने बताए ।
मुख्यमन्त्री शर्माले विश्वासको मत माग्दा सुनाएका योजनाबारे प्रतिक्रिया दिँदै नेता कँडेलले भने, ‘पढेजस्तै हो भने सबै कुरा देखिए । यी मनचिन्ते झोलाले विकास गर्न सकिदैन ।’
प्राथमिकता प्रदेश तहको हो वा वडा तहको संरचना हो हेक्का राख्नुपर्ने अवस्था रहेको बताए । ‘यहि वा त्यही भन्दिन । राजधानी पहिलो पटक तोक्यौं । तोक्नका लागि मात्र तोकिएको होइन । हिजोको संरचना बनेका कारणले गर्दा साईन बोर्ड राख्ने ठाउँ सुर्खेतमा थियो । तर प्राथमिकता प्रदेश संरचना अनुसार निर्माण नभएको हिजो तपसिलको विषय बन्यो अब तपाई के गर्नु हुन्छ ?’ उनले भने, ‘दान दातव्यबाट कर्णाली बनाउने कुरा ग¥यौं भने, हामी भिखारी बन्नु बाहेक अरु हुँदैन ।’
कर्णाली बनाउने अभिभारा हो भने समय बिताउने कुरा नगर्न उनले आग्रह गरे ।
प्रदेश सभाको अघिल्लो कार्यकाल कर्णाली बनाउने कुरामा होइन आफु बन्ने कुरामै ध्यान केन्द्रीत भएको बताए । ‘अघिल्लो पटक हुने काम ग¥यौं । नहुने काम पनि ग¥यौं ।’ कँडेलले भने, ‘कतिपयले किन थाहा नपाएको होला भनेर जिज्ञासा राख्ने गरेका छन् । तर, आफुले थाहा पाएर नगरेका कारण अरुले पद प्राप्त गरेकाहरुको हालत देखेको छु ।’
उनले योजना छनोटको विधि र तरिका बारे प्रश्न गरे । ‘निश्चित मान्छेलाई पालन पोषण गर्नेगरि कृषि मन्त्रालयबाट हाइटेक नर्सरी सेटिङमा बनाउने काम भए । त्यसकारण अब योजना छनोट गर्ने तरिका र विधि के हो? उनले प्रश्न गर्दै भने ।
कर्णालीमा पर्याप्त स्रोत साधन चाहिने जति भएको बताए । उनले यहाँको खर्च गर्ने स्रोत बढाउनुपर्ने बारे छलफल चलाउनुपर्ने धारणा व्यक्त गरे । पूँजीगत खर्च बढाउने कुरा कर्णालीका लागि चुनौतीको विषय भएको बताए ।
स्थायीत्व सरकार परिकल्पना गरिएको छ । ‘यहाँ रोजेर कोही आउदैन । हाम्रो गति र क्षमता बढाउने हो भने मैत्रीभाव सम्बन्धबाट जोडिएर हाम्रो क्षमतालाई प्रदर्शन गर्न सकिने बताए ।’
उनले एमालेले विश्वासको मत दिने बारे जानकारी गराए ।