सुर्खेत। कर्णाली प्रदेशको उपसभामुखमा यसोदा न्यौपाने निर्वाचित भएकी छन् । बुधबार भएको मतदानबाट न्यौपाने उपसभामुख चयन भएकी हुन् ।
सभामा ३८ उपस्थित संख्या मध्ये न्यौपानेलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा २४ मत र विपक्षमा १४ मत प्राप्त भएको थियो ।
न्यौपानेको प्रस्तावकमा कृष्ण बहादुर जिसी र समर्थनमा विना विभागीय मन्त्री विनोद कुमार शाह थिए ।
उपसभामुख पदका लागि कांग्रेसबाट इन्द्राकुमारी शाहीको पनि उम्मेदवारी परेको थियो । उनलाई उपसभामुख प्रस्ताव गरिएको विपक्षमा २४ मत प्राप्त भएको थियो ।
उपसभामुख न्याैपाने समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत कालीकाेटबाट प्रतिनिधित्व गर्ने सांसद हुन् ।
माअाेवादी केन्द्रकी न्याैपानेकाे पक्षमा नेकपा एमाले र राप्रपाका सांसदले मतदान गरेका थिए ।