सुर्खेत। नेपाल पत्रकार महासंघले कर्णाली सहित पिछडिएको क्षेत्रका लागि विशेष योजना बनाउनुपर्ने बताइएको छ । केन्द्रीय साधारणसभामा आफ्नो प्रतिवेदन पेश गर्दै महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले पिछडिएका क्षेत्रको पत्रकारिताको विकासका लागि महासंघले विशेष योजना बनाउनुपर्ने बताएका हुन् ।
सहुलियतको नाममा संघीय राजधानी काठमाडौंबाट दिइने सानोतिनो सुविधा कर्णाली लगायत पिछडिएको क्षेत्रलाई पर्याप्त नहुने भन्दै यसका लागि विशेष योजना बनाउनुपर्ने सेजुवालले बताए । उनले पत्रकार कल्याण कोषमार्फत उपचारमा गरिने सहयोगदेखि सरकारले दिने अनुदान तथा सहयोग कार्यक्रममा अन्यत्रभन्दा दोब्बर पार्ने नीति व्यवस्थाका लागि पहल गरे ।
उनले पिछडिएको क्षेत्रमा ‘पत्रकारिता पाठशाला’ अभियान सञ्चालन गरी पत्रकारको क्षमता अभिवृद्धि गर्न आर्फ आर्थिक स्रोतको परिचालन गर्नुपर्ने बताए ।
कोषाध्यक्ष सेजुवालले महासंघको आय–व्ययको अवस्थाबारे साधारणसभालाई जानकारी गराए । उनले आर्थिक वर्ष २०७८÷७९ मा विभिन्न बैंकमा ४ करोड ६ लाख २८ हजार ४ सय २८ रुपैयाँ रहेका जनाए । सेजुवालका अनुसार गत आर्थिक वर्षमा आन्तरिकतर्फ ५८ लाख ४८ हजार ४२५ रुपैयाँ आम्दानी भएको थियो । सो वर्ष खर्चतर्फ कूल २ करोड ४१ लाख ३८ हजार ९ सय रुपैयाँ खर्च भएको छ ।
सेजुवालले साधारणसभा अबको आर्थिक योजना समेत सभामा पेश गरेका छन् । उनले विज्ञापनमा पत्रकार कल्याण शुल्क अन्र्तगत विज्ञापनमा न्यूनतम ०।२५ देखि अधिकतम १ प्रतिशतसम्म पत्रकार कल्याणको लागि शुल्क लगाउने नीतिगत व्यवस्था मिलाउनुपर्ने विकल्प अघि सारेका हुन् ।
साथै, केन्द्रीय पत्रकार कल्याण कोषको पुनर्संरचना गर्दै यसलाई बहुउपयोगी बनाई हाल २ करोड ५० लाख रहेको कोषलाई कम्तीमा ५ करोडको बनाईने कोषाध्यक्ष सेजुवालले बताए । उनले आगामी १० वर्षमा कोषलाई २० करोडको पु¥याउने आर्थिक प्रस्ताव सभामा पेश गरे ।