सुर्खेत। दैलेख निर्वाचन क्षेत्र नं. १ (ख)मा नेपाली कांग्रेसका कृष्णकुमार विसी विजयी भएका छन्। सत्तारूढ गठबन्धनकाे सहयाेगमा विसीले १० हजार ५४४ मत प्राप्त गरी विजयी भएका हुन्।
विसीका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका प्रेम थापाले ९ हजार ४६८ मत लिएका छन्।
विसी नेपाली कांग्रेस पार्टीमा रहेर जिल्लामा प्रभावशाली नेताका रूपमा स्थापित भएका छन्। उनि पूर्व जिल्ला सभापति हुन्। २०७४ काे निर्वाचनमा प्रदेश सभा सदस्यमा पराजित भएका विसी यसपटक १ हजार ७६ मतान्तरले विजयी भएका हुन्।