सुर्खेत। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले दैलेखलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताएका छन्। दैलेखको दुल्लूमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनले दैलेखको विकासका लागि गम्भीरता पूर्वक हेरिने बताएका हुन्।
‘यो निर्वाचन विगतको जस्तो निर्वाचन होइन्, यो संविधानको रक्षा गर्ने र खोस्ने कसलाई भोट दिने भन्ने जनताको भागमा रहेको छ,’उनले भने,‘ दैलेखलाई पर्यटकीय क्षेत्रको रुपका विकास गर्ने गठबन्धनको ध्यान जाने छ।’
साथै प्रचण्डले देशभरीको स्थिती हेर्दा गठबन्धनको जित सुनिश्चित रहेको दाबी गरे। ‘यो गठबन्धन शान्ति र संविधानका पक्षमा भएको हुनाले जबसम्म संविधानमाथि हमला हुन्छ तबसम्म गठबन्धन कायम रहन्छ,’उनले भने।