सुर्खेत। समयमा उपचार नपाउँदा हुम्लामा एक सुत्केरी महिलाकाे मृत्यु भएकाे छ। हुम्लाकाे अदानचुली गाउँपालिका-५ काँखेका स्थानीय किसान शाहीकी श्रीमती रंङ्गिता शाहीकाे मृत्यु भएकाे हाे।
साेमबार विहानै सुत्केरी बेथा लागेकी शाहीकाे लामाे समयसम्म साल नझरेकाे र रक्तश्रावका कारण मृत्यु भएकाे साेही वडाका वडाअध्यक्ष कमल बहादुर छत्यालले जानकारी दिए। उनका अनुसार जन्मिएको शिशुको अवस्था भने सामान्य रहेको छ।
‘गाउँ नजिकै स्वास्थ्य चौकी नभएकाले उनले उपचार पाइनन्,’ छत्यालले भने,‘ आइतबार बिहान उज्यालो होला र स्टेचरमा बोकेर स्वास्थ्य चौकी लैजाउँला भन्दाभन्दै उनको मृत्यु भएको सुन्नामा आएको छ।’