काठमाडौँ । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले विभिन्न तीनवटा चुनाव चिह्नमा हेरफेर गरेको छ ।
हाम्रो नेपाली पार्टीको चुनाव चिह्न लौरो र स्वतन्त्र उम्मेदवारलाई दिइएका २ चुनाव चिह्नमा आयोगले हेरफेर गरेको हो ।
आयोगले लौरोको क्रम संख्या परिवर्तन गर्नुका साथै स्वतन्त्र उम्मेदवारलाई दिएको डोजर र क्रस खुकुरी चुनाव चिह्नमा पनि हेरफेर गरेको हो । आयोगले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।
आयोगले जारी गरेको विज्ञप्ति अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन निर्देशिका २०७६ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी गत बिहीबार उक्त चुनाव चिह्न हेरफेर गरिएको हो ।