जुम्ला। जुम्लामा चार जनाले उम्मेदवारी फिर्ता लिएका छन्। दुई स्वतन्त्रसहित चार जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ।
उम्मेदवारी फिर्ता लिनेमा नेपाली कांग्रेसबाट प्रदेश क्षेत्र (२)मा स्वतन्त्र उम्मेदवारी दिएका दिपबहादुर शाही र एकीकृत समाजवादीका नन्दराम रोकायाले उम्मेदवारी फिर्ता लिएका हुन्।
शाही यसअघि कांग्रेस जुम्लाका दुई कार्यकाल जिल्ला सभापति चलाइसकेका व्यक्ति हुन्।
यसैगरी प्रदेश क्षेत्र (१)मा गठबन्धन दलबाट कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही, एमालेका धिरेन्द्रराज गिरी, नेमकिपाका राजेश्वर देवकोटा र स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीको उम्मेदवारी कायमै छ। कांग्रेस प्रदेश सभापति शाहीविरुद्ध देवेन्द्रबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। स्वतन्त्र उम्मेदवार शाही प्रतिनिधिसभा निर्वाचन २०७४ का कांग्रेसका बलिया उम्मेदवार थिए।
प्रदेश क्षेत्र (२) मा गठबन्धन दलबाट एकीकृत समाजवादीका पदमबहादुर रोकाया, एमालेका टेकराज पछाई, राप्रपाका देवप्रसाद न्यौपाने र नेमकिपाका बिर्खबहादुर रावलले उम्मेदवारी दिएका हुन्।
उम्मेदवारी फिर्ता लिनेक्रम सकिएकोले उम्मेदारलाई चुनाव चिह्न प्रदान गर्ने कार्य सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी गणेशबहादुर आचार्यले जानकारी दिए।