सुर्खेत। सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उम्मेद्वारी दिएका छन्। खड्कासँग प्रतिस्पर्धाका लागि एमालेका तर्फबाट ध्रुवकुमार शाहीले उम्मेद्वारी दिएका छन्।
उपसभापति खड्काले वारेसनामा मार्फत मनोनयन दर्ता गरेका हुन् भने शाहीले भौतिक उपस्थितिमै मनोनयन दर्ता गराएका छन्।
खड्का कांग्रेसका केन्द्रीय सदस्य एंवम् पूर्व गृहमन्त्री हुन् भने शाही निवर्तमान प्रतिनिधिसभा सदस्य हुन्।
सुर्खेतमा माओवादी, कांग्रेस र समाजवादीको गठबन्धन रहेको छ। जसअुसार २ प्रतिनिधिसभा र २ प्रदेशसभा कांग्रेसले लिएको छ भने, २ प्रदेशसभा माओवादीले पाएको छ।
साथै, प्रदेशसभातर्फ गठबन्धनबाट कांग्रेसका खड्क पोखरेल र माओवादीका कृष्ण जिसीले पनि मनोनयन दर्ता गराएका छन्। पोखरेल नेपाली कांग्रेसका सुर्खेत जिल्ला सभापतिसमेत हुन्।
यस्तै, नेकपा एमालेबाट प्रदेश (क) मा ठम्बर विष्ट र (ख) मा डण्डीप्रसाद शर्माले पनि मनोनयन दर्ता गराएका छन्।