सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमिति बैठकले जिल्लाबाट सिफारिस भएका उम्मेदवारकाे नाम केन्द्रमा पठाउने निर्णय गरेकाे छ। सोमबार सभापति ललितजंग शाहीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।
कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीका अनुसार बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य प्रत्यक्ष–समानुपातिक निर्वाचनका लागि कर्णालीका १० जिल्लाबाट सिफारिस भएर आएका नामलाई केन्द्रीय समितिलाई पठाउने निर्णय गरेकाे हाे।
प्रवक्ता शाहीका अनुसार सल्यान बाहेक कर्णालीका सबै जिल्लाकाे सिफारिस प्रदेश कार्य समितिमा आइसकेकाे छ।
सिफारिस भै आएका उम्मेदवारहरूमा प्रदेश कार्य समितिले आफ्नाे राय लेखेर मंगलबारभित्रै केन्द्रीय कार्य समितिमा पठाउने तयारी गरेकाे छ।