सुर्खेत। नेकपा माओवादी केन्द्रले आफ्ना कर्णाली प्रदेशका दुई जना मन्त्रीलाई फिर्ता बोलाएको छ। माओवादीबाट हाल प्रदेश सरकारमा रहेका तीन जनामध्ये दुईजनालाई फिताई बोलाईएको हो।
समावेशी सिद्धान्तअनुसार महिला सहभागिता गराउने उद्देश्यसहित मन्त्री फिर्ता बोलाईएको माओवादी कर्णाली प्रदेश कमिटीले जनाएको छ।
कमिटीका अनुसार माओवादीबाट कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाईएको हो।
उनीहरुको ठाउँमा जाजरकोटकी कृष्णा शाह र रुकुम पश्चिमका रातो कामी मन्त्री बन्नेछन्। उनीहरुमध्ये को कुन मन्त्री हुने भन्ने टुंगो भने लागेको छैन।
कर्णाली प्रदेश सभामा रहेका माओवादीका ११ जना सांसदमध्ये यी दुई जना मात्र मन्त्री बन्न बाँकी थिए।