सुर्खेत। सुर्खेतको भेरीगंगा नगरपालिकाका स्थानीयले सुर्खेत–नेपालगञ्ज राजमार्ग अवरुद्ध गरेका छन्।
बर्दीया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका भेरीगंगा–५ गेरवानीका रामबहादुर चन्द र कवि ओलीको मृत्यु भएपछि स्थानीयले विभिन्न मागसहित सडक अवरुद्ध गरेर आन्दोलन गरिरहेका हुन।
आइतबार चन्द र वलीको जनावरले आक्रमण गरेको अवस्थामा शव फेला परेको थियो।
तस्वीर सौजन्य: लोकेश कुमार बुढा