सुर्खेत। नेपाली कांग्रेस भेरीगंगा नगरपालिकाले निर्वाचित जनप्रतिनिधी र कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। भेरीगंगाका नगर सभापति रामबहादुर सिंहको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम गरिएको हो।
निर्वाचित जनप्रतिनिधी र कांग्रेस कार्यकर्तालाई पार्टी सुदृढीकरण तथा समाजको विकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा प्रशिक्षण गराईएको सभापति सिंहले जानकारी दिए।
कार्यक्रममा नेपाल प्रेस युनियनका निवर्तमान केन्द्रीय सदस्य सुशीलराज शर्माले प्रशिक्षण दिएका थिए। निर्वाचित जनप्रतिनिधीको जिम्मेवारी, उनिहरुको आचरण र अनुशासन, पार्टीको संगठन निर्माणमा खेल्नुपर्ने भूमिकाका साथै जनप्रतिनिधी र पार्टीका नेता कार्यकर्ताहरुबीचको सम्बन्ध तथा सूचना प्रवाहका विषयमा प्रशिक्षक शर्माले प्रशिक्षण दिएका थिए।
कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका सभापति खड्गराज पोखरेल, क्षेत्रीय सभापति झकबहादुर डाँगी लगायत क्षेत्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, प्रदेश निर्वाचनका क्षेत्रीय कार्यसमितिका पदाधिकारी सदस्य र नगर तथा वडाका पदाधिकारी सदस्यहरुको सभागिता रहेको थियो।
कार्यक्रममा सभापति पोखरेलले प्रतिनिधीसभा र प्रदेश सभा निर्वाचनका केन्द्रीत रहेर गतिविधिहरु सञ्चालन गर्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए। उनले पार्टीको संगठन निर्माण तथा सुदृढिकरण र विकास निर्माणमा जनप्रतिनिधीहरुको भुमिका महत्वपूर्ण हुने भन्दै सोही अनुसार व्यवहारमा परिवर्तन गर्नुपर्ने सुझाव दिए।