काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घूससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक होटेलबाट नियन्त्रणमा लिएको हो।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उपसचिव नेपालले पर्यटन व्यवसाय दर्ता गरिदिने भन्दै सेवाग्राहीबाट ६ लाख रुपैयाँ लिएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले जानकारी दिए।