सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जनताले मत फेर्न नसके अझै ५ वर्ष दुःख पाइने बताएका छन्। मंगलबार सुर्खेतमा आयोजित कर्णाली प्रदेश स्तरीय भेलामा उनले यस पटक पनि मत फेर्न नसके ५ वर्ष फेरि दुख पाइने बताएका हुन्।
कर्णालीकै जनताले आफ्नो भोट फेरेर कर्णाली फेर्ने कामको सुरुवात गर्नुपर्ने लामिछानेको भनाइ छ।
उनले कुनै पदको बार्गेनिङ गरेर आउन खोज्नेलाइ आफ्नो पार्टीमा प्रवेश नदिने बताए। ुकुनै पद खोजेर आउन चाहनेलाई प्रवेश निषेध रहेको छु उनले भने, ुजो मान्छे यो पद भए मात्र आउँछु भन्छ, यो पार्टीको जीवन रहेसम्म मेरो जीवन रहेसम्म त्यस्तालाई यो पार्टीमा आउन दिन्न।’
अहिलेका मूलधारका राजनीतिक दलमा पद नपाएर आफ्नो पार्टीमा आउन चाहनेका लागि पनि ठाउँ नभएको उनले बताए।