सुर्खेत। मंगलबार कर्णालीमा सार्वजनिक बिदा हुने भएको छ। साउन १७ गते मंगलबारका दिन शुक्ल पञ्चमी अर्थात नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा गरिएको हो।
कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषदले २०७८ चैत्र २९ गतेको निर्णयले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम मंगलबार सार्वजनिक बिदा हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।