सुर्खेत। सुर्खेतमा सहज रुपमा रगत आपूर्ति गराउन स्वंयम्सेवी रक्तदाता समाज गठन गरिएको छ। नेपाल रक्तदाता समाजको
३४ औं शाखाका रुपमा कर्णाली प्रदेशको पहिलो शाखा गठन गरिएको हो।
उपचारको क्रममा विरामीलाई रगत अभाव हुन नदिनका लागि सहज आपूर्ति गराउन रक्तदाता समाज गठन गरिएको हो।
रगत आवश्यक पर्ने व्यक्ति र रक्तदाताका बीचमा समन्वयकारी भुमिका निर्वाह गर्ने छ। जसका लागि नवगठित समाजले मोबाइल एप्स र वेवसाइटको सञ्चालनको तयारी गरिरहेको छ।
शाक्यको अध्यक्षतामा समिति गठन
नेपाल स्वंम्सेवी रक्तदाता समाज सुर्खेतमा प्रवाशकुमार शाक्यको अध्यक्षमा कार्यसमिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा अशोककुमार सिंह, सचिवमा खगेन पुरी, कोषाध्यक्षमा धर्मराज आचार्य र सह–सचिवमा पुनम विसी छन्।
यस्तै, सदस्यहरुमा सागर लम्साल, कुमार थापा, भोजप्रसाद आचार्य, सुरेश आचार्य, अनिल ढकाल, सञ्जयनाथ योगी, कृति गुभाजु शाक्य र चन्द्रा रेग्मी छन्। सल्लाहकारमा भने सुदर्शन श्रेष्ठ, लक्ष्मण कँडेल र सुशीलराज शर्मा छन्।