काठमाडौं। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आउँदो मन्त्रिपरिषद् बैठकले मिति तोक्न सक्ने बताएका छन्।
आयोगले सम्पूर्ण व्यहोरासहित एकैचरणमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन मंसिर ४ गते गर्न मिति सिफारिस गरिसकेकोले मन्त्रीपरिषद्ले अब मिति ताेक्न सक्ने भएकाे हाे।
‘आउँदो मन्त्रिपरिषद् बैठकले मंसिर ४ गतेका लागि निर्वाचनको मिति तोक्यो भने त्यसलाई आश्चर्य नमान्दा हुन्छ।’ प्रमुख आयुक्त थपलियाले भने।
आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मितिबारे सरकारलाई परामर्श दिइसकेको छ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भने आयोगको सिफारिसअनुसारै सरकारले निर्वाचनको मिति तोक्ने अपेक्षा रहेको बताए।