धार्मीक परम्पराअनुसार बर्षे मेलाको सुरुवात हरिसियानी एकादशीबाट भएको मानिन्छ । तथापी त्रयोदशीको दिनबाट बजारमा घण्टाकर्ण बनाएर ‘गाँठेमंगल दाम–पाम घण्टा सुरको पैसा पाम’ भन्दै स्थानिय यूवा, केटा केटिहरुले बाटोमा बाबियाको लडो(डोरी) समातेर बस्छन र बटुवासंग गक्ष अनुसारको पैसा माग्ने चलन रहेको छ । यस वखत बाटोमा बाबियोको डोरी र पाथीले पूरै ढाकिएको मानिसको आकार भएको पुत्ला बनाईन्छ जस्लाई घण्टाकर्ण भन्ने चलन छ । जो पौराणिक कालमा भगवान कृष्णले बदमासी गरेको कुरा सारा गाँउभरि फैलिएपछि आमाले रिसले सिस्नो लगाई दिएको र त्यहि सिस्नो को झमझमाहाटलाई धरै समय सम्म सहन नसकेपछि तितो पातीले शरिर भरि लगाई दिएको हुनाले यो पर्वको सूरुवात भएको पाईन्छ।
किंवदन्तीअनुसार
परापुर्वकालमा घण्टाकर्ण कस्यप राक्षसले मानिसहरुलाई निकै सताउन लागे पनि उस्लाई खुसी बनाउनको लागि राक्षसको मुर्ती जस्तो बनाएर चौक–चौकमा राखेर पुजा गरेपछि सताउन छोडेको कारणले पनि कालान्तरसम्म पनि उक्त राक्षसको सम्झनामा घण्टाकर्ण पर्व चन्दै आएको हो भन्ने कथन पाईन्छ ।
एक बिश्वास अनुसार घण्टाकर्णलाई छुवाएको धातुको औंठी बनाएर लगाउने हो भने औलाको ओचेरा जादैन भन्ने मान्यता अनुसार घण्टाकर्णलाई छुवाईएको औंठी लगाउने धार्मीक विश्वास पनि रहदै आएको छ । घण्टाकर्णलाई बाटोमा राखी सकेपछि मानिसले पल्टाउन हुंदैन भन्ने चलन पनि रहेको छ किनकी अलछिनी हुन्छ घरमा कसैको मृत्यूहून्छ, वा आफन्तीको नराम्रो खवर सुन्न पर्छ भन्ने छ तसर्थ घण्टाकर्णलाई कुकुर वा अन्य पशु द्वारा ढाल्ने चलन रहेको छ । बिहानको समयमा घण्टाकण(गाठेमंगल) सकिए पछि बिधिवत रुपमा त्यसैदिनको साँझबाट लाखे निकाल्ने गरिन्छ । र यो परम्परा करिव ४ सय बर्ष पहिले देखि यसरीनै मनाउदै आईएको छ र अहिले सम्म पनि निरन्तरता पाउदै आएको छ । यद्यपी बिस्तृत अध्य्यन हुन बाँकी नै छ ।
कहिले देखि सुरु भयो ?
खासगरी दैलेख बजारको पुरानो बजार क्षेत्रमा मनाईने बिषेश पर्व हो । करिब सय घरधुरीको बसोवास रहेको यस बजार क्षेत्रमा नेवार, दलित, क्षेत्री समुदायको बसोबास रहेको छ । परापूर्वकालमा बर्षायाममा खेतीपातीको काम सकेर फुर्संद मनाउने,मनोरन्जन गर्नको लागि असंगठित रुपमा सामाजिक पर्वको रुपमा बर्षै मेला (रोपाई जात्रा, राउटेजात्रा, बाँघ जात्रा, जोगीजात्रा) मनाउदै आएको देखिन्छ । पछिल्लो समयमा करिव १ सय पचास बर्ष पहिले नेवार समुदाय खासगरि कसाई समुदाय बसाई सरेर आएपछि (लाखो, गाई, टाकटुके) थपिएपछि बर्षे मेलाले आजको रुप पाएको हो ।
कतिपयले नेवार समुदायको पर्व भएको भनिएको भएपनि दैलेखमा भने त्यसो देखिदैन । पुरानो बजारको बस्ति विकासको क्रमलाई हेर्दा कुनै जाती विषेश पर्व मान्न सकिदैन् । किनकी बजार क्षेत्रको हालको भगवती टोल क्षेत्रमा परापुर्वकालमा ढाँक्रे समुदाय, कामी समुदाय र सार्की समुदायको बसोबास भएको देखिन्छ, त्यस्तै कोतगढी पेरिफेरीमा दमाई समुदाय र भैरव मन्दिर देखि बज्रभैरव मन्दिरसम्म सुनारहरुको बस्ती बसेको देखिन्छ र हालको अदालतदेखि टुडिखेलधारा सम्मको क्षेत्रमा बादी समुदायको बस्ती र अहिलेको नानपा २ कुसाडा चुरुट्टेहरुको बस्ती भएको ईतिहास पाईन्छ । ततपश्चात व्यवसायिक प्रयोजनको लागि कसाई, नेवार समुदाय, ब्रामण र केही क्षेत्र समुदायहरु केहि आसपास गाँउबाट र केहि प्यूठान, भक्तपुर, सल्यानबाट बसाई सरेर आएको देखिन्छ ।
यसर्थ मेला कस्ले सुरु गर्यो? कसरी सुरु भयो भन्ने बिषयमा तथ्य केलाउनु उपयुक्त हुन्छ नकी हल्लाको पछि लाग्नु । यद्यपी पछिल्लो समयमा मेला जिल्लाकै सवैभन्दा लोकप्रीय छ । सबै जाती समुदायको बिचमा रुचाईएको छ । कुनै खास जाती नाच्ने, बजाउने, श्रृंगारिने भन्ने हुदैन । जसरी समाजमा बाहुल्यता छ त्यसरीनै सबैको सहभागितामा मेला संचालन हुदै आएको छ । यो सवैको धार्मीक, सांस्कृतिक र सामाजिक पर्वको रुपमा सवै समुदायले मनाउदै अएको छ ।
यस क्षेत्रका वासिन्दाहरुले मेलालाई भव्यताका साथ मनाएपछि घर कर मिनाह हुने तत्कालिन सरकारले व्यवस्था गरेको थियो । फलस्वरुप मेलाले सामाजिक, सास्कृतिक र धार्मिक आधार बलियो बन्दै गएको पाईन्छ । तर पछिल्लो समय बिज्ञान र प्रविधिले मानिसलाई व्यस्त मात्र राखेको छैन हात हातमै मनोरन्जको विकल्प दिएको छ । पहिले जस्तो चार पाँचदिन लगाएर मेला भर्न आउनु पदैन गाँउगाँउमै मेलाको रौनक छ । मानिसहरुको व्यस्तताको कारण धेरै छन् । बजार बढेको तर व्यस्तता पनि उत्तिकै छ । दर्शकहरुको मात्र हैन आयोजकहरुको प्राथमिकता पनि बदलिएको छ । जस्ले गर्दा मेलाको चमकमा कमी मात्र हैन लोपोन्मूख अवस्थामा पुग्दै गएको छ ।
संस्थागत रुपमा कहिले सूरु भयो त ?
पहिले पहिले सामाजिक रुपमा सवै स्थानियहरुको सक्रियतामा मेला निकाल्ने गरिन्थ्यो र तत्पश्चात कठोर पंचायतको शासन कालमा राज्य व्यवस्थालाई चुनौति दिदै पंचकोशी यूवा समूहको नामबाट २०२५ सालबाट संगठित रुपमा सुरुवात गरिएको र सांगठनिक रुपमा संस्थागत रुपमा २०३९ सालमा ज्वाला कल्व पूरानोबजारले सुरुवात गरेको हो । त्यसपछि लगत्तै भगवती यूवा कल्व(भगवती टोल) त्रमश एभरेष्ठ कल्व,नयाँ बजार र हाल सुनगाभा कल्व,गणेश टोलले बर्खे मेलाको रुपमा लाखे जात्रा निकाल्ने गरिएको छ । बजार क्षेत्रका आकार बढ्दै गएपछि मेलाको क्षेत्रपछि बिस्तारित हुदै गएको छ । पहिले पहिले मेलालाई दैलेख बजारबाट गाँउका बजार केद्रहरुमा समेत जाने गरेकोमा हिजो आज बजार क्षेत्रमै सिमित हुन पुगेको छ ।
यद्यपी पहिले दैलेख बजारको पनि पुरानो बजार क्षेत्रमै सिमित बर्षे मेला पछिल्लो समय भने दुल्लु, चुप्रा, डुंगेश्वर, महावू, नौमुले, बेस्तडा, खरिगैरा, भैसिखोर, तर्तागं लगायतका बजार केन्द्रहरुमा समेत निकाल्न थालिएको छ । जस्ले गर्दा सस्कृतिको मर्म बिपरित परिस्कृति भएर जादाँ कसरी व्यवस्थपन गर्दै लैजानो हो भन्ने बिषयमा चुनौति थपिदै गएको छ ।
संस्कृति या बिकृति?
समाज व्यवस्थाको लामो क्रम विकासले श्रृजना गरेको सास्कृतिक पर्वहरुलाई बिक्रृती मान्न सकिन्न । पूर्खाहरुको लामो भोगाईको अनुभवले श्रृजित पर्व निश्चय पनि सस्कृतिनै हो । तथापी जसरी बजारीकरण भयो, जसरी बिस्तारित हुदै गएको छ ।
त्यसले पुरानो आयोजकहरुलाई चिन्तित बनाएको छ । किनकी सिस्नु लगाउने, जवरजस्ती गर्ने, झगडा गर्ने र जस्ले पाए उसैले जँहा पायो त्यहि राखिनु निश्चय पनि बिकृति हो । यसतर्पm आयोजक सहित अभिभावकहरुले समेत आफ्ना नानिबावुहरुलाई सचेत गराउनु पर्छ ।
संस्कृतिलाई संस्कृतिको रुपमा मनाउनुको मज्जा बेग्ले हुन्छ न की बृकृतीको रुपमा । पुराना आयोजक वा पाका संस्कृतिको जानकारहरुलाई राखेर जबसम्म स्थानिय सरकारहरुले पाठ्यक्रममा समावेश गरिदैन तवसम्म यसरीनै संस्कृतिको मर्मविपरित क्रियाकलापहरु भईनै रहनेछन् । र एक दिन यसरीनै सकिने छ ।
-(लेखक सुनार, न्यू ज्वाला क्लव, पुरानो बजार दैलेखका अध्यक्ष हुन्।)