सुर्खेत। करेन्ट लागेर एक जनाको मृत्यु भएकाे छ। सल्यानकाे कालिमाटी गाउपालिकामा-३ का बबिन भण्डारीको करेन्ट लागेर मृत्यु भएकाे हो।
कालिमाटी गाउपालिका-२ मा पोलमा चढेर तार जोड्ने क्रममा करेन्ट लागेकाे प्रहरीले जनाएकाे छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार भण्डारीलाई करेन्ट लागेपछि उपचारको लागि राप्ति प्रादेशिक अस्पतालमा लागिएको थियाे। उनकाे उपचारका क्रममा अस्पतालमै मृत्यु भएकाे हाे।