सुर्खेत । बराहताल गाउँपालिकाले आर्थिक वर्षको २०७९/०८० का लागि ६२ करोड ७१ लाख आठ हजार ६ सय २३ रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पुन मगरमा गाउँसभामा बजेट पेश गरेकी हुन् ।
बजेटमा चालु खर्चतर्फ ३९ करोड ६४ लाख ५८ हजार ६ सय २३ रुपैयाँ र पूँजीगत तर्फ २३ करोड ६ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । सडक, शिक्षा, स्वास्थ्य, विद्युतीकरणलाई प्रमुख प्राथमिकतामा राखि बजेट विनियोजन गरिएको हो ।
बजेटमा वडाका लागि पाँच करोड, विषयगत शाखाहरुलार्य एक करोड ९३ लाख ५८ हजार ६ सय २३ रुपैयाँ र गाउँपालिका योजनाका लागि ५५ करोड ७७ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वलीले जानकारी दिए ।