सुर्खेत । कर्णाली प्रदेशको आर्थिक वर्ष २०७९/८० को बजेटमा सिचाई कार्यक्रम अन्र्तगत बजेट विनियोजन गरिएको छ । कर्णाली जनता सिचाई कार्यक्रमका लागि ८ करोड र टार सिचाई कार्यक्रमका लागि ३ करोड ३८ लाख बजेट विनियोजन गरिएको हो ।
यसैगरी, बजेटमा नदी तटबन्धनका लागि १३ करोड र बाढी तथा पहिरो तथा प्रकोप रोकथाम न्यूनीकरणका लागि ३२ करोड ६४ लाख रकम विनियोजन गरिएको छ ।