सुर्खेत । जिल्ला समन्वय समिति (जिसस) सुर्खेतमा एमाले-माओवादी गठबन्धनका उम्मेदवार विजय भएका छन् । शुक्रबार भएको निर्वाचनबाट जिसस प्रमुखमा एमालेका गंगाराम सुनार विजय भएका छन् ।
कुल १८ मतदाता रहेको सुर्खेतमा निर्वाचित सुनारले १० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार दिलिप कुमार वाग्लेले ८ मत प्राप्त गरे ।
जिसस उपप्रमुखमा माओवादी केन्द्रका सचिनकुमार बडुवाल, महिला सदस्यमा चन्द्राकुमारी धामी, मीना मल्ल र शान्ती ताराम विजयी भए ।
यस्तै, अल्पसंख्यक सदस्यमा सावीत्री टमट्टा, अन्य सदस्यमा डिल्ली प्रसाद पाण्डे, पृथ्वी बहादुर बुढाक्षेत्री र तुलाराम नेपाली विजय भएका छन् ।