सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरू पहिलाे बैठक बसेकाे छ । जेठ २३ गते बसेकाे नगरकार्यपालिकाकाे पहिलाे बैठकले विभिन्न १७ बुँदामा निर्णय गरेकाे छ ।
बैठकले निशुल्क स्वास्थ विमा, फोहोरमैला व्यवस्थापन, ढल तथा नालाहरुको सिघ्र मर्मत, जीर्ण र खाल्टा परेका सडकहरुको मर्मत, गौशाला निर्माण, सार्वजनिक जग्गाहरुको लगत लिई सोको उचित संरक्षण र सार्वजनिकरण गर्ने निर्णय गरेकाे नगरप्रमुख माेहनमाया भण्डारी (ढकाल)ले जानकारी दिइन् ।
उनका अनुसार, नगरपालिकाकाे प्रशासनिक भवन निमार्ण स्थलको जग्गा व्यवस्थापन, राजमार्ग अतिक्रमण गरि राखिएका निर्माण सामाग्री व्यवस्थापन, हावाहुरीले क्षति पुर्याएका स्कुलका छाँना सिघ्र मर्मत, अत्यावस्यक समितिलाई पूर्णता, नगर शैक्षिक कोष स्थापना, सिटि वसपार्कको राजस्व असुल गर्ने, भूमी सम्बन्धी समस्या समाधान आयोगको बाँकी काम सञ्चालन गर्ने, सार्वजनिक सेवा प्रवाहमा गुणात्मक सुधार, बजेट तथा योजना वितरण र सडकको अधिकार क्षेत्रका सम्बन्धमा निर्णय गरेकाे हाे ।
निर्णयकाे पूर्णपाठ हेर्नुहाेस्: