सुर्खेत । यार्सा संकलन सुरक्षामा खटिएका सहायक प्रहरी हवल्दारको लेक लागेर मृत्यु भएको छ । दैलेखको महाबु गाउँपालिका –४ स्थायी ठेगाना भै हाल कोहलपुर नगरपालिका–११ बाँके घर भएका सहायक प्रहरी हवल्दार राजबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको हो ।
मृतक सिंह मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ ठुलिकोशी रिमारस्थित यार्सा संकलन सुरक्षामा खटिएका थिए ।
ड्युटिका क्रममा मंगलबार विहानदेखि टाउको दुख्ने र स्वास प्रश्वासमा समस्या भएपछि आज हेलिकप्टरमार्फत कोहलपुर मेडिकल कलेज लगिएको थियो । उनको उपचारको क्रममा दिउँसो २ बजे मृतक घोषणा भएको प्रहरीले जनाएको छ ।
मृतक सिंह २०६७ सालमा प्रहरी जवान पदमा भर्ना भई जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत थिए ।