कर्णाली प्रदेश । भेरी नदीमा सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका ३ की ४० वर्षीय पार्वती कामीको शव भेटिएको छ ।
भेरी नदीमा वेपत्ता भएकी साेही ठाउँकै अन्दाजी १२ वर्षीय गिता विककाे खाेजी गर्ने क्रममा पार्वती कामीकाे शव भेटिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ । गिता मंगलबार दिउँसाे ४ बजे नदीमा पाैडी खेल्ने क्रममा वेपत्ता भएकी थिइन् ।
कारागाउँको जिउलामा धान कुट्न मिलमा गएको बेला पौडी खेल्दा उनी भेरी नदीमा वेपत्ता भएकी हुन् ।
प्रहरीका अनुसार मृत भेटिएकी पार्वती पूर्व वडा सदस्यसमेत हुन् । श्रीमान वीरबल कामीको ३ वर्ष पहिला मृगौला रोगबाट मृत्यु भएपछि उनको मानसिक सन्तुलन गुमेको स्थानीयबासिकाे भनाइ छ।
पार्वती घरबाट कहिले हराएकी हुन् भन्नेबारे एकीन छैनन् । उनको शव सुर्खेत सिम्ता गाउँपालिका ६ राकमको भेरी नदीमा फेला परेको प्रहरीले जनाएकाे छ ।