सुर्खेतमा जडिबुटि प्रशोधन केन्द्र स्थापना गर्न बजेटमा समावेश गरिएको छ । सरकारका अर्थमन्त्री जर्नादन शर्माले पेश गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा सुर्खेत जिल्लामा प्रशोधन केन्द्र स्थापनाका लागि बजेट विनियोजन गरिएको हो ।
यस्तै, कर्णालीको रैथाने बाली संरक्षण गर्नुका साथै यहाँ पाइने कागुनो, सिस्नो, फापर, हिमाली स्याउन लगायतको बजारीकरण गर्ने कार्यलाई बजेटमा समावेश गरिएको छ ।
साथै, अर्थमन्त्री शर्माका अनुसार सुर्खेत र जाजरकोटमा रहेको किम्मती तथा अर्धकिम्मती पत्थर उद्योग सञ्चालन एवंम् निर्माण गरिने छ ।