सुर्खेत । आन्तरिक राजश्व विभागले कर नतिरेका कर्णालीका ३४ व्यवसाय तथा फर्मको नाम सार्वजनिक गरेको छ । आन्तरिक राजश्व कार्यालय सुर्खेतमा वक्यौता कर रकम दाखिला नगरेको भन्दै विभागले शुक्रबार नयाँ पत्रिका दैनिकमा नाम सार्वजनिक गरेको हो ।
नाम सार्वजनिक गरिएका करदातालाई कर दाखिला गर्न विभिन्न मितिमा फोन, पत्राचार, संकलन भ्रमण गरी दाखिला गर्न भनेपनि हालसम्म दाखिला नगरेको आन्तरिक राजश्व कार्यालय सुर्खेतले जनाएको छ ।
कार्यालयले १५ दिनभित्र बाँकी वक्यौता कर रकम दाखिला गर्न भनेको छ । सोही समयसीमाभित्र कर रकम दाखिला नगरे आयकर ऐन, २०५८ को दफा १०३ देखि दफा १११ सम्मको कुने प्रक्रिया र मुल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ (१) बमोजिमको प्रक्रिया अपनाई असुल उपर गरिने जनाइएको छ ।
को हुन् कर नतिर्ने व्यवसायी ?
रत्न लक्ष्मी इन्टरनेशनल प्रालि, शंखर/अरुजन जेभी, अमर/मल्ल जेभी, खुशी ट्रेडर्स, अमन स्क्रयाप सेन्टर, पप्पु मल्ल देव एण्ड सायर जेभी, स्वच्छद सूर्य जेभी, रोशन/सृजना जेभी, उज्जल निर्माण सेवन, डुङ्गेल महादेव निर्माण सेवा प्रालि, महाबु ईन्टरप्राइजेज, सिद्धि सप्लायर्स, मध्यपश्चिम देउती कन्स्ट्रक्सन, शंखर स्टोर्स, अमर/मल्ल कम्स्ट्रक्सन जेभी, सृजना/आङजेन/सोनाम जेभी, विटी/सिभिल निर्माण सेवा जेभीले कर रकम तिरेका छैनन् ।
यसैगरि, कर रकम दाखिला नगर्ने व्यवसायीहरुमा कटकुवा कन्स्ट्रक्सन, केपी निर्माण सेवा, न्यु जयमाता दी ट्रेडर्स, कर्णाली डिष्ट्रिव्यूर्टस, शुभ जित बि नारायण पि कन्स्ट्रक्सन एण्ड सप्लायर्स, साहिल सप्लायर्स, मटेला निर्माण सेवा, यसोदा अर्डर सप्लायर्स, हाम्रो/वसना/पन्त जेभी सुर्खेत, न्यु रुपाखेती ट्रेडर्स एण्ड सप्लायर्स, न्यू सिद्धि स्टोर्स, पञ्चकोशी ट्रेडर्स, कस्तुरी युथ एशोशियसन जाजरकोट, तमन्ना स्नुकर हाउस, कृष्ण जनरल अर्डर एण्ड सप्लायर्स, शुभम् ट्रेडर्स र साझा ट्रेडर्स रहेका छन् ।