कर्णाली प्रदेश । सहभागी हुन कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले स्थानीय तहको निर्वाचनमा निर्भयसाथ मतदानमा मतदातालाई आग्रह गरेका छन । निर्वाचन गतिविधिको अनुगमनका लागि हुम्ला पुगेका कर्णालीका मुख्यमन्त्री शाहीले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यस्ताे बताएका हुन ।
उनले निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुनुपर्ने बताए । भयरहित बातावरणमा मतदान गर्न सबै मतदातालाई आग्रह पनि गरे ।
मुख्यमन्त्री शाहीले मतदातालाई आगामी पाँच वर्षका लागि आफ्ना जनप्रतिनिधि योग्य र सक्षमलाई छान्न आग्रह गरेका छन् ।
मुख्यमन्त्री शाही खार्पुनाथ गाउँपालिका–५ का स्थायी बासिन्दा हुन् । उनले वैशाख ३० गतेको निर्वाचनमा खार्पुनाथ गाउँपालिकाको भकुण्डा मतदान केन्द्रमा मतदान गर्नेछन् ।