सुर्खेत। स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिकामा पाँच जना स्वतन्त्र उम्मेदवारले नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारलाई समर्थन गरेका छन्। बिहविार विज्ञप्ति जारी गर्दै उनीहरुले काँग्रेसका आधिकारिक उम्मेदवारहरुलाई समर्थन गरेको जानकारी गराएका हुन्।
भेरीगंगा नगरपालिकाको नगरप्रमुख पदमा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका मानबहादुर बुढा मगरले बिहिवार विज्ञप्ति जारी गर्दै आफूले आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने बताएका छन्।
कांग्रेसका आधिकारीक उम्मेदवारलाई समर्थन गर्दै भेरीगंगा नगरपालिका–५ का वडाअध्यक्ष पदका उम्मेदवार ढालबहादुर बराल, महिला सदस्य पदका उम्मेदवार कमला पुन मगर, सदस्य पदका उम्मेदवारहरु मनबहादुर पुनमगर र टोपबहादुर आलेले विज्ञप्ति जारी गरेका छन्।
आयोगले तोकेको समयमा आफ्नो उम्मेदवारी फिर्ता नभएपनि कांग्रेस निकट उम्मेदवारलाई आफ्नो समर्थन रहेको उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन्।