कर्णाली प्रदेश । नेपाली कांग्रेस सल्यानले बागी उम्मेदवारी दिनेसहित तीन जनालाई कारबाही गरेको छ।
पार्टीको आधिकारिक उम्मेदवार हुँदाहुँदै पार्टीको विधान विपरित स्वतन्त्र उम्मेदवार दिएको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको उपप्रमुखमा पार्टीको आधिकारिक उम्मेदवार भएपनि कांग्रेस जिल्ला कार्यसमिति सदस्य दीपेन्द्र विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
उनीसहित समर्थक चन्द्रबहादुर बुढा र प्रस्तावक शंकर बुढाथोकीलाई पनि जिल्ला कार्यसमितिले कारबाही गरेको छ।
बनगाड कुपिण्डे नगरपालिकामा कांग्रेसबाट पुरुषोत्तम आचार्य आधिकारिक रूपमा पार्टीबाट उपप्रमुख पदका उम्मेदवार छन्।
बनगाड कुपिण्डे नगरपालिकामा प्रमुख नेकपा माओवादी केन्द्र र उपप्रमुख नेपाली कांग्रेसले पाउने गठबन्धन दलबीच पूर्वसहमति भएको थियो ।