सुर्खेत । नेपाली कांग्रेस दैलेख जिल्ला कार्य समिति सदस्य पुन्यप्रभा दसौदीले नेकपा एकीकृत समाजवादीबाट उम्मेद्वारी दिएकी छन् । महाबु गाउँपालिका उपाध्यक्षका लागि कांग्रेसले टिकट नदिएपछि अर्को पार्टीबाट उम्मेदवारी दिएकी हुन् ।
उनीसहित नेकपा एकीकृत समाजवादीबाट गाउँपालिका अध्यक्ष पदमा जंग बहादुर शाहीले उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ ।
सत्ता गठबन्धन दलको सहमति अनुसार महाबु गाउँपालिका अध्यक्ष समाजवादी र उपाध्यक्ष कांग्रेसको भाग परेको थियो । यद्दपि गठबन्धनको निर्णय विपरित दलहरुले आ आफ्नै उम्मेदवारी दिएका छन् ।
साथै, गठबन्धनको बैठकले साझा उम्मेदवार विरुद्ध उम्मेदवारी दिनेलाई पार्टीबाट अनुशासनको कारवाही गर्ने जनाएको छ ।