सुर्खेत । उम्मेदवारी दर्ता गर्ने दोस्रो दिन सुर्खेतको वीरेन्द्रनगरमा बाजागाजा र ¥यालीसहित उम्मेदवारी दर्ता गरिएको छ । सोमबार सुरुमा बाजागाजा र ¥यालीसहित नेकपा एमालेबाट वीरेन्द्रनगर नगरपालिकाको मेयरका उम्मेदवार मोहनमाया ढकाल र उपमेयरका उम्मेदवार निलकण्ठ खनाल मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् ।
उनीहरुले उम्मेदवारी दर्ता भने गरिसकेका छैनन् । त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा माओवादी केन्द्रले ¥याली निकालेर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।
उम्मेदवारी दर्ता गर्ने अन्तिम समय आज बेलुका ५ बजेसम्म तोकिएको छ ।
नेपाली काँग्रेसले भने वीरेन्द्रनगरको उम्मेदवार अहिलेसम्म टुंगो लगाईसकेको छैन ।
तस्विरहरु