सुर्खेत । कालिकोटको तिलागुफा नगरपालिकामा नेपाली कांग्रेसले आफ्नो तर्फबाट उम्मेदवारी दर्ता गराएको छ। गठबन्धन नगर्ने भन्दै उनिहरूले उम्मेदवारी दिएका हुन् ।
कांग्रेसकाे तिलागुफा नगर कार्यसमितिको निर्णयअनुसार मेयर र उपमेयरमा कांग्रेसले उम्मेदवारी दर्ता गराएको जनाएकाे छ ।
कांग्रेसबाट शंकरप्रसाद उपाध्यायले मेयरमा र बसना सिंह शाहीले उपमेयरमा उम्मेदवारी दिएका हुन् ।
नगरपालिकाका अरु ११ वटा वडामा पनि कांग्रेसबाट सर्वसम्मत रुपमा वडाध्यक्ष लगायतका उम्मेदवार चयन गरिसकिएको छ ।
०७४ सालको स्थानीय तह निर्वाचनमा तिलागुफामा नेकपा माओवादीले मेयर र उपमेयर जितेको थियो।