सुर्खेत । नेपाली कांग्रेसले वीरेन्द्रनगर नगरपालिकाको नगरप्रमुखका लागि थप चार जनाकाे नाम सिफारिस गरिएकाे छ । याेसँगै उम्मेद्वार सिफारिस हुनेकाे संख्या सात पुगेकाे छ ।
नगर कार्य समितिले पठाएको तीन जनाको सिफारिसमा प्रदेशसभा क्षेत्रीय कार्य समितिले रायसहित चार जनाको नाम थपेको हाे ।
नगर समितिको तर्फबाट उपेन्द्र खड्का, हरि विष्ट र चाँदनी ढकालको नाम सिफारिस भएको थियो । उक्त नाममा कार्य समितिकै केही पदाधिकारीले आपत्ति व्यक्त गरेपछि प्रदेशसभा क्षेत्रीय कार्य समितिले चार जनाको नाम रायसहित थपेको हो । थपिएका नाममा गोविन्द कोइराला, नारायण सापकोटा, नारायण कोइराला र भूपेन्द्र खत्री रहेका छन् ।
कांग्रेसको विधानको धारा ३२ (३) (ख) मा नगर कार्य समितिले पठाएको नाममा प्रदेशसभा क्षेत्रीय कार्यसमिति र प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिले राय सुझावसहित जिल्ला कार्य समितिमा नाम पठाउने उल्लेख छ ।
उक्त नामलाई जिल्ला कार्य समितिले निर्णयको लागि प्रदेश कार्य समितिमा पठाउने उल्लेख छ । नगर कार्य समितिका सचिव रमेश सापकोटाले राय सहित गएको नामअनुसार आवश्यक निर्णय हुने बताए ।
सम्बन्धित समाचार :