काठमाडौँ । अधिवक्ता गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बन्दीलाई कानुन मन्त्रीमा नियुक्त गरेकी हुन् ।
शर्माले बिहीबार दिउँसो एक समारोहबीच शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गर्दा बन्दीले विपक्षमा बहस गरेका थिए । दोस्रो पटक २०७८ जेठ ८ गते भएको प्रतिनिधिसभा विघटनमा भने बन्दीले रिट निवेदन लेख्नेदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।