सुर्खेत । आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने दैलेखस्थित गठबन्धन दलले निर्णय गरेको छ । दलहरुको आज बसेको बैठकबाट यस्तो निर्णय भएको हो ।
बैठकले दैलेख जिल्लामा गठबन्धन आवश्यकता रहेको भन्दै तालमेल गरी निर्वाचनमा सहभागी हुने निर्णय गरिएको नेपाली कांग्रेस दैलेखका सभापति मणिराम रेग्मीले जानकारी दिए ।
बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जमाेर्चाले संयुक्त चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।
यस्तै निर्वाचनका सम्पूर्ण कामकारबाहीलाई व्यवस्थित गर्न ४ वटै पार्टीका प्रमुख सहित ७ जनाको गठबन्धनको संयन्त्र तयार गर्ने, गठबन्धनको मर्ममा चोट पुग्ने कुनैपनि गतिविधि संचालन तथा अभिव्यक्ति नगर्न सरोकारवाला सबैलाई निर्देशन दिने र पालिका तहमा अविलम्व जिल्लाकै मोडलमा संयन्त्र बनाउन निर्देशन दिने निर्णय भएको छ ।
यो भन्दा अगाडी गठबन्धन दलको दुई पटक बैठक बसेपनि तेस्रो बैठकले यो निर्णय गरेको हो ।