काठमाण्डाै । भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया एकदिवसीय महिला विश्वकप क्रिकेटको सेमिफाइलनमा पुगेको छ ।
न्युजिल्याण्डको अकल्याण्डमा भारतले दिएको दुई सय ७८ रनको लक्ष्य अष्ट्रेलियाले ३ बल बाँकी छँदै चार विकेट गुमाएर भेटायो । अष्ट्रेलियाको लागि मेग लानिङले ९७ र अल्यसा हेलीले ७२ रन बनाए । यस्तै रचइएल हेन्सले ४३ रन बनाइन् । हेन्स र हेलीले एक सय २१ रनको साझेदारी गरे । बलिङतर्फ भारतका पूजा वास्त्रकरले २ विकेट लिइन् ।
अष्ट्रेलियाले महिला एकदिवसीय विश्वकपमा अहिलेसम्मकै धेरै रनको लक्ष्य पछ्याउने इतिहास पनि रचेको छ । यसअघि पहिले ब्याटिङ गरेको भारतले सात विकेट गुमाएर दुई सय ७७ रन बनाएको थियो । विश्वकपमा अष्ट्रेलियाले अपराजित रहँदै पाँच खेलमा १० अंकसहित सेमिफाइलनमा स्थान पक्का गरेको छ । भारत भने पाँच खेलमा चार अंकसहित चौथो स्थानमा छ ।