काठमाण्डौ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन तयारीबारे छलफल गर्न राजनीतिक दलहरूलाई आयोगमा बोलाएको छ।
आज बिहान ११:३० बजे आयोगमा निर्वाचनका सन्दर्भमा राजनीतिक दलका प्रतिनिधिलाई हालसम्म भएका प्रगतिबारे जानकारी गराउने कार्यक्रम छ।
साथै मतपत्रलगायत विभिन्न विषयमा आयोगले रायसुझाव लिने तयारी गरेको छ। आयोगले मतपत्र र चिन्ह हरियो तथा स्वस्तिक छापको रङ निलो राख्ने निर्णय गरेकोमा नेकपा एमालेले आपत्ति जनाएको थियो।
तर आयोगले मतपत्रको डिजाइन र रङ राख्ने क्षेत्राधिकार आयोगमा रहेको प्रष्ट पारिसकेको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार १७ राजनीतिक दलका प्रतिनिधिलाई छलफलका लागि बोलाइएको छ।