काठमाडाैं । आन्तरिक विवाद पेचिलो बन्दै गएको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक सुरू भएको छ।
३४ सदस्यीय कार्यकारिणी समितिको बैठकमा समसामयिक राजनीति, संसदमा टेबल भएको एमसिसी, पार्टीभित्रको विवाद र सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनबारे छलफल हुने बताइएको छ।
माघमा भएको राष्ट्रिय सभा चुनावपछि जसपामा अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई पक्षबीच विवाद बढेको छ।
यादवले निर्णयहरू एकलौटी गरेको भट्टराई पक्षको आरोप छ।
पछिल्लो समय भट्टराईले अमेरिकी सहयोग परियोजना एमसिसीको खुलेर समर्थन गरिरहेका छन् भने यादव यसबारे मौन देखिएका छन्।