सुर्खेत । सुर्खेतको बाङ्गेसिमल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असइ) नारायण विष्टले चोरीको आरोपमा समातिएका दिनेश अधिकारीको पाकेटमा आफैले ब्राउन सुगर हालिदिएका छन् ।
गत शनिबार दिनेशलाई प्रहरीले पक्राउ गरेको थियो । उनको साथबाट पाँच पुडिया (१८० ग्राम) ब्राउन सुगर भेटिएको प्रहरीले जनायो । दिनेशको प्रारम्भिक बयानमा असई विष्टले आफुलाई फसाउनका लागि हालिदिएको आरोप लगाएका छन् ।
दिनेशले उक्त कार्यमा आफ्ना बुवा चन्द्रबहादुर अधिकारीको पनि संलग्नता रहेको बयानमा बताए ।
अहिले उनका बुवा प्रहरी नियन्त्रणमा छन् भने असई विष्ट छानविनका लागि जिल्ला प्रहरी कार्यालय तानिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक परशुराम चौधरीले बताए ।
दिनेशले चोरीमा संलग्नता बढाएपछि धेरै समय प्रहरी नियन्त्रणमा होस् भन्ने चाहेका थिए । त्यसअनुसार दिनेशका बुवा र असईको मिलेमत्तोमा ब्राउन सुगर हालिएको बुझिएको छ ।